यी हुन् बंगालादेशबाट रोहिंग्या शरणार्थीलाई नेपाल भित्राउने तीन ‘मानव तस्कर’

काठमाडौँ । प्रहरीले बंगालादेशमा शरणार्थी जीवन बिताइरहेका म्यानमारका रोहिंग्या शरणार्थीलाई अमेरिका लैजाने भन्दै नेपाल ल्याएर मानव तस्करी गर्ने तीनजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल हुँदै अमेरिका लैजान भन्दै बंगलादेशबाट रोहिंगा शरणार्थीलाई नेपाल ल्याउने तीन जनालाई पक्राउ गरेको हो ।

ब्युरोले कपनस्थित राममन्दिर छेउ बस्ने सकिफ आलम र डल्लु बस्ने अजमत उल्लाहलाई शनिबार र कपनस्थित राम मन्दिर छेउ बस्ने नोरुल अमिनलाई सोमबार पक्राउ गरेको हो । उनीहरुले २ परिवारका १४ जना रोहिंग्या शरणार्थीलाई नेपाल भित्राइसकेका अनुसन्धानबाट देखिएको छ ।

ब्युरोकाअनुसार उनीहरु रोहिंग्या शरणार्थीहरुलाई नेपालबाट अमेरिका लगायतका युरोपेली देश जान सकिने भन्दै नेपाल ल्याउने काममा संग्लन थिए ।

उनीहरुले नेपाल पुगेपछि अमेरिका जाने परिचचय पत्र पाइने तथा पुरुषलाई मासिक ५ हजार ७ सय ५०, महिलालाई ३ हजार ७ सय ५० र बाबालबालिकालाई २ हजार ७ सय ५० रुपैयाँ भत्ता पनि पाइने जस्ता प्रलोभन देखाएर शरणार्थीहरु ओसारेका थिए ।

ब्युरोका अनुसार उनीहरुले बंगालादेशको ढाकादेखि भारतको बाटो हुँदै नेपालसम्म मानव तस्करी गर्दा प्रतिव्यक्ति झण्डै साढे तीन लाख रुपैयाँ लिइरहेका थिए । पक्राउ परेका तीनै जना काठमाडौंमा विभिन्न पेशाकर्मीको आवरणमा मानव तस्करीको काममा संग्लन भइरहेको ब्युरोको अनुसन्धानले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *