USAID

थप ९७५ जनामा कोरोना संक्रमण, ८ को मृत्यु, २९५७ जना संक्रमणमुक्त


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९७५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७८५५४१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २९५७ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७५२१७० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११०४८ पुगेको छ । क्वारेन्टाइनमा २६४ जना रहेका छन् भने आइसोलेसनमा २२३२३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *