एमालेको अवरोधकै बीच आज बजेट पास गर्ने तयारीमा सत्तापक्ष

काठमाडौं । सत्तापक्षले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकै बीच आज बजेट (प्रतिस्थापन विधेयक) पास गर्ने तयारी गरेको छ ।

आजका लागि डाकिएको प्रतिनिधिसभाको बैठकले सम्भावित कार्यसूचीसमेत बजेट पास गर्ने तयारी गरेको छ। अहिले ११ बजे डाकिएको बैठकमा ‘विनियोजन विधेयक २०७८ लाई पारित गरियोस् भनी प्रस्ताव गर्ने’, ‘आर्थिक विधेयक, २०७८ माथि विचार गरियोस्’, ‘आर्थिक विधेयक २०७८ माथि दफाबार छलफलका लागि दिन तोकिने’, ‘राष्ट्रिय ऋण उठाउने विधेयक, २०५८ माथि विचार गरियोस् भनी प्रस्तुत गर्ने’ बैठकको सम्भावित कार्यसूचीमा राखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *