USAID

रोनाल्डो र लिंगार्डको गोलमा युनाइटेड विजयी


एजेन्सी । सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र जेसी लिंगार्डले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा चौथो जित दर्ता गरेको छ । आइतबार बेलुकी भएको खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टहाम युनाइटेडलाई २-१ गोलले पराजित गरेको हो ।

लण्डन स्टेडियममा भएको खेलमा युनाइटेडको लागि क्रिस्टियानो रोनाल्डो र जेसी लिंगार्डले समान एक/एक गोल गर्दा वेस्टहामको लागि साइद बेन्राह्माले एक गोल गरे । खेलको ३० औं मिनेटमा बोवेनको पासमा बेन्राह्माले गोल गर्दै वेस्टहामलाई खेलमा अगाडि बढाएका थिए । ३५ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई १-१ गोलको अवस्थामा ल्याए ।

निर्धारित समयको एक मिनेट बाँकी रहेको अवस्थामा माटिकको पासमा लिंगार्डले सुन्दर गोल गर्दै युनाइटेडलाई खेलमा अगाडि बढाएका थिए । दोस्रो हाफको अतिरिक्त समयमा वेस्टहामले खेलमा बराबरी गर्ने मौका पाएको थियो । अतिरिक्त समयको तेस्रो मिनेटमा युनाइटेडका डिफेन्डर लुक सहले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि पाएको पेनाल्टीमा वेस्टहामको मार्क नोब्ले गोल गर्नबाट चुके । उनले पेनाल्टीलाई बचाउदै युनाइटेडका गोलकिपर डेभिड डि जियाले युनाइटेडलाई खेल २-१ गोलले जिताए ।

जितसँगै युनाइटेड ५ खेलबाट १३ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १३ अङ्कनै जोडेको लिभरपुल गोल अन्तरको आधारमा शिर्ष स्थानमा छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *