सन्दीप र करणले कसिलो बलिङ, ओमान १ सय २१ रनमै समेटियो

काठमाडौं । विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोलीलाई सस्तैमा समेटेको छ । स्पिनर सन्दीप लामिछाने र अलराउन्डर करण केसीले कसिलो बलिङ गरेपछि ओमान १ सय २१ रनमै समेटिएको हो । यससँगै नेपालले जितको लागि १ सय २२ रनको लक्ष्य पाएको छ ।

अल अमेराट क्रिकेट मैदानमा जारी खेलमा नेपाली बलरसामु ओमानको ब्याटिङ कमजोर देखियो । ओमानले ३७.१ ओभरमा अल आउट हुँदै मात्र १ सय २१ रन मात्र जोड्न सक्यो । ओमानका कप्तान जेसन माक्सोदले ६६ बलमा २ चौका र १ छक्कासहित ४१ रन बनाउँदा अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेखनीय रहेन । जातिन्देर सिंहले १३, नासेम खुशीले १२ र कालेनुल्लाहले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् ।

नेपालको लागि स्पिनर सन्दीप लामिछानेले ८.१ ओभरमा २ मेडन राख्दै १८ रन दिएर ४ विकेट लिए । करण केसीलेपनि ८ ओभरमा १ मेडन राख्दै २५ रन खर्चेर ४ विकेट लिँदा शरद भेषावकरले ६ ओभरमा १ मेडन राख्दै २१ रन दिएर २ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *