काठमाडौ । कोरोना संक्रमणले मुलुकलाई आक्रान्त पारिरहेको बेला संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा विभिन्न स्वास्थ्य संस्थालाई मिल्सबेरी स्कुलले सम्मान गरेको छ ।
मिल्सबेरी महोत्सवको अवसर पारेर शनिबार स्कुलले सम्मान गरेको हो । महामारीले जनधनका साथै समाजलाई नै नकारात्मक असर गरिरहेको बेला स्कुलले आयोजना गरेको यो कार्यक्रम प्ररणादायी भएको नेपाली कांग्रेसका नेता गगन थापाले बताए ।
उनले आफ्नो परिवारभन्दा पनि जनता सर्वश्रेय हुन भन्ने भावनाले यस पटकको कोरोना संक्रमण उच्च भएको बेला स्वास्थ्यकर्मीहरुले उच्च हौसालका साथ काम गरेको कारण कोरोना संक्रमणका कारण लाखौंको ज्यान जोगन सफल भएको उनले बताए ।
कोरोना सक्रमितलाई जोगाउन योगदान पुर्याए वापत नेपाली सेनाले संचालन गरेको वीरेन्द्र अस्पताल, सशस्त्र प्रहरीले संचालन गरेको एपीएफ अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताललाई सम्मानित गरिएको थियो भने कोरोना संक्रमितलाई अस्पतालसम्म पुर्याउने एम्बुलेन्स चालकलाई समेत सम्मानित गरिएको थियो ।
कार्यक्रममा स्कुलका अध्यक्ष सुशील दाहालले हामीले नगरे कसले गर्ने भन्ने प्रेरणाबाट प्रभावित भएर समाजका लागि उदाहरणीय काम गरेका स्वास्थ्यकर्मी तथा स्वास्थ संस्थालाई सम्मान गरेको जानकारी दिए ।