मदनकृष्ण र मिलनको ‘सुनको कचौरी…’

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका मिलन नेवारको नयाँ गीत ‘सुनको कचौरी…’ सार्वजनिक भएको छ । गीतको शब्द तथा संगीत राजनराज शिवाकोटीको छ ।

म्युजिक एरेन्ज राजन इशानले गरेका छन् । भिडियोमा मदनकृष्ण श्रेष्ठ र गौरी मल्ल छन् । राजेश पुमा राईले निर्देशन गरेको भिडियो उत्सव दाहालले खिचेका हुन् । सम्पादन विकास दाहालले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *