एजेन्सी । लेस्चर सिटी र नेपोलीले युईएफए युरोपा लिगमा बराबरी खेलेका छन् । बिहीबार राति भएको समूह ‘सी’को खेलमा लेस्चर सिटी र नेपोलीले २-२ गोलको बराबरी खेलेका हुन् ।
किंङ पावर रंगशालामा भएको खेलमा लेस्चरको लागि अयोजे पेरेज र हार्भे बार्नेसले समान १/१ गोल गर्दा नेपोलीको लागि भिक्टर ओसिम्हेनले दुई गोल गरे । खेलमा लिएको दुई गोलको अग्रता जोगाउन नसक्दा लेस्चर बराबरीमा चित्त बुझाउन बाध्य भएको हो । खेलको नवौं मिनेटमै बार्नेसको पासमा पेरेजले गोल गर्दै लेस्चरलाई खेलमा अगाडि बढाएका थिए । ६४ औं मिनेटमा इहेनाचोको पासमा बार्नेसले गोल गर्दै घरेलुको टोलीको अग्रता दोब्बर बनाए ।
६९ औं मिनेटमा फाबियनको पासमा ओसिम्हेनले गोल गर्दै नेपालीलाई २-१ गोलको अवस्थामा ल्याए । ८७ औं मिनेटमा पोलिटानोको पासमा ओसिम्हेनले गोल गर्दै नेपोलीलाई २-२ गोलको बराबरीमा ल्याएका थिए । दोस्रो हाफको अतिरिक्त समयमा एन्दिदी रातो कार्ड खाँदै मैदान बाहिरिदा लेस्चर १० खेलाडीमा समेटिएको थियो । बाँकी समयमा थप गोल हुन नसक्दा दुवै टोलीले एक/एक अंक बाढे ।
अन्य खेलको नतिजा
गालाटासारे १-० लाजियो
रेपिड विएन ०-१ गेन्क
रियल बेटिस ४-३ सेल्टिक
फ्रान्कफुर्ट १-१ फेनेर्बाह्से
मोनाको १-० स्टुर्म ग्राज
ओलम्पिकोस २-१ रोयल एन्टवेर्प
पिएसभी २-२ रियल सोसिडाड
रेन्जर्स ०-२ लियोन
