काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले बिहीबार गोरखापत्रमा सूचना प्रकाशित गरी चार सय भन्दा बढीका लागि दरखास्त आह्वान गरेको हो ।
खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त माग गरिएको छ । सैनिक उपचारीका, अम मेडिकल, भेहिकल मेकानिक्स, अमल्दार कर्मचारी, पूजारी हुद्दालगायत विभिन्न पदमा सेनाले जागिर खुलाएको हो। २२ जना पूजारीसमेत सेनाले माग गरेको छ । भदौ ३१ गतेदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।

