म्यानचेस्टर सिटीको शानदार जित, चिरिस्टोफेर एन्कुन्कुको ह्याट्रिक

एजेन्सी । फ्रान्सेली युवा विंगर चिरिस्टोफेर एन्कुन्कुको ह्याट्रिकका बाबजुत जर्मन क्लब आरबी लेइपजि युईएफए च्याम्पियन्स लिगको पहिलो खेलमा म्यानचेस्टर सिटीसँग पराजित भएको छ । गएराति भएको समूह ‘ए’को खेलमा सिटीले १० खेलाडीमा समेटिएको लेइपजिगलाई ६-३ गोलले हराएको हो ।

इतिहाद रंगशालामा भएको खेलमा सिटीलाई जित दिलाउन नाथेन एके, रिहाद माह्रेज, ज्याक ग्रेलिश, जोए कान्सेलो र गाब्रियल जेससले एक/एक गोल गर्दा एक गोल उपहार पाएको हो । लेइपजिगको लागि चिरिस्टोफेर एन्कुन्कुले ह्याट्रिक पूरा गरे । खेलको १६ औं मिनेटमा ग्रेलिशको पासमा एकेले गोल गर्दै सिटीलाई खेलमा अगाडि बढाएका थिए ।

२८ औं मिनेटमा नोर्दी मुकिएलेले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि सिटीले अग्रता दोब्बर बनाएको थियो । ४२ औं मिनेटमा मुकिएलेको पासमा एन्कुन्कुले गोल गर्दै लेइपिजिगलाई २-१ गोलको अवस्थामा ल्याए । अतिरिक्त समयमा रिहाद माह्रेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई पहिलो हाफमा ३-१ गोलको अग्रता दिलाए । ५१ औं मिनेटमा डानियल ओल्मोको पासमा एन्कुन्कुले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

५६ औं मिनेटमा रुबिन डियासको पासमा ग्रेलिशले गोल गर्दै सिटीलाई सहज जित तर्फ अगाडि बढाए । ७३ औं मिनेटमा पोउल्सेनको पासमा एन्कुन्कुले गोल गरेर व्यक्तिगत ह्याट्रिक पूरा गर्दै लेइपजिगलाई ४-३ गोलको अवस्थामा ल्याए । ७५ औं मिनेटमा गुन्डोगानको पासमा सिटीका कान्सेलोले गोल गरे । ७९ औं मिनेटमा एन्गेलिन्हो दुई पहेलो कार्ड पाउँदै मैदान बाहिरिदा लेइपजिग १० खेलाडीमा समेटिएको थियो ।

खेल सकिन ५ मिनेट बाँकी रहेको अवस्थामा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका जेससले गोल गर्दै म्यानचेस्टर सिटीलाई ६-३ गोलको जित दिलाए । जितसँगै सिटी ३ अङ्क जोड्दै समूहको शिर्ष स्थानमा रहेको छ । पराजित लेइपजिग समूहको पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *