पीएसजी बराबरीमा रोकियो

एजेन्सी । स्टार खेलाडी सम्मीलित फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पीएसजी) युईएफए च्याम्पियन्स लिगको पहिलो खेलमै बराबरीमा रोकिएको छ । बुधबार राति भएको समूह ‘ए’को खेलमा पीएसजी क्लब ब्रुगसँंग १-१ गोलको बराबरीमा रोकिएको हो ।

पीएसजीको लागि एन्डर हेरेराले एक गोल गर्दा ब्रुगको लागि हान्स भानाकेनले एक गोल गरे । खेलमा पीएसजीले शुरुवाती अग्रता लिएपनि जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो । खेलको १५ औं मिनेटमा एम्बाप्पेको पासमा हेरेराले गोल गर्दै पीएसजीलाई खेलमा अगाडि बढाएका थिए । २७ औं मिनेटमा सोबोलको पासमा भानाकेनले गोल गर्दै ब्रुगलाई बराबरीमा ल्याए ।

दोस्रो हाफमा थप गोल हुन नसक्दा दुवै टोलीले एक/एक अङ्क बाढे । बराबरीसँगै पीएसजी र ब्रुग १/१ अङ्कको साथ क्रमश समूहको दोस्रो र तेस्रो स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *