एजेन्सी । युईएफए च्याम्पियन्स लिगको समूहचरणको खेलमा बार्यन म्युनिखले शानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा बायर्नले क्याटलान क्लब बार्सिलोनालाई ३-० गोलले पराजित गरेको हो ।
क्याप नोउमा भएको खेलमा बायर्न म्युनिखलाई जित दिलाउन रोबर्ट लेवान्डोकीले दुई र थोमस मुलरले एक गोल गरे । खेलको ३४ औं मिनेटमा सानेको पासमा मुलरले गोल गर्दै बायर्न म्युनिखलाई खेलमा अगाडि बढाएका थिए । ५६ औं मिनेटमा मुसिएलाको पासमा लेवान्डोस्कीले गोल गर्दै गोल पाहुना टोलीको अग्रता दोब्बर बनाए ।
८५ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३-० गोलको जित दिलाए । जितसँगै बायर्न ३ अङ्क जोड्दै समूह ‘ई’को शिर्ष स्थानमा रहेको छ । हिजै भएको समूहको अर्को खेलमा बेन्फिका र ड्यानामो किभले गोलरहित बराबरी खेल्दै १/१ अङ्क बाढे ।
