अवरुद्ध मुग्लिन–नौबिसे सडक दुईतर्फी सञ्चालन

मुग्लिन । पहिरोका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ । गएराति २ बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *