च्याम्पियन्स लिग आजबाट, म्यानचेस्टर युनाइटेड र योङ ब्वाइज भिड्दै

एजेन्सी । युरोपेली फूटबलको सबैभन्दा ठूलो क्लब प्रतियोगिता युईएफए च्याम्पियन्स लिग आजबाट शुरु हुँदैछ । आज हुने समूह चरणको खेलमा युरोपा लिगको साविक उपविजेता म्यानचेस्टर युनाइटेड र योङ ब्वाइज भिड्दैछन् । स्वीजरल्यान्डको स्टाडिओन वान्कडोर्फमा हुने खेल नेपाली समय अनुसार राति १०:३० बजे शुरु हुनेछ ।

युनाइटेड आजको खेलमा जित हात पार्दै समूह चरणको उत्कृष्ट शुरुवात गर्ने दाउमा रहेको छ । गत शनिबार भएको प्रिमियर लिगको खेलमा न्युक्यासललाई ४-१ गोलले पराजित गरेको युनाइटेड आजको खेलमापनि सोही लयको आशामा छ । उक्त खेलमा रोनाल्डोले दोस्रो डेब्यु खेलमै २ गोल गरेका थिए । च्याम्पियन्स लिग इतिहासमा सर्वाधिक सफल खेलाडी र सर्वाधिक गोलकर्ता रोनाल्डोबाट युनाइटेडले यस सिजन धेरै अपेक्षा राखेको छ ।

यता १४ औं पटक स्विइस सुपर लिग च्याम्पियन भएसँगै योङ ब्वाइज सिँधै च्याम्पियन्स लिग छनोटको दोस्रो चरणमा प्रवेश पाएको थियो । योङ ब्वाइजले दोस्रो पटक च्याम्पियन्स लिगको समूहचरणमा सहभागिता जनाउन लागेको हो । यसअघि २०१८/१९ सिजनमा सहभागिता जनाएको ब्वाइज युनाइटेडसँग समाग्रमा ४-० गोलले पराजित भएको थियो । हालसम्म इङ्लिस क्लबमाथि एक पटक मात्र जिर दर्ता गरेको योङ ब्वाइज आजको खेलमा युनाइटेडलाई स्तब्ध बनाउन चाहन्छ ।

युनाइटेड आफ्नो पछिल्लो ६ खेलमा अपराजित रहेको छ भने योङ ब्वाइजले पनि आफ्नो पछिल्लो ५ खेलमा हार बेहोरेको छैन । दुई टोलीबिच भएको पछिल्लो २ भेटमा दुवै खेल युनाइटेडले आफ्नो पोल्टामा पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *