भिम रावल आज धनगढी जाँदै, एकीकृत समाजवादीका नेता–कार्यकर्तासंग पनि भेटघाट गर्ने

काठमाडौं । नेकपा एमाले भित्र सुदूरपश्चिम ईन्चार्जबारे विवाद चलिरहेका बेला उपाध्यक्ष भीम रावल कार्यकर्ता भेटघाटका लागि आज धनगढी जाने भएका छन् । अहिले मध्यान्न १२ बजे श्रीएयरको विमानमार्फत रावल धनगढी जाने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

आइतबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजनपछि पनि सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट नै भएको बताएका थिए। एमाले र तत्कालिन समयमा नेकपाको इञ्चार्ज रहेका रावल ओलीको उक्त निर्णयमा असन्तुष्टी जनाउँदै आइतबार नै आफू निकट सांसद र नेताहरुलाई सिंहदरबारमा बोलाएर छलफल गरेका थिए।

ओलीले उनलाई उपाध्यक्षकै हैसियतमा सहजिकरण गर्न भने पनि सुदूरपश्चिम इञ्चार्ज आफू नै हुनुपर्ने रावलको अडान छ। उपाध्यक्ष रावलले धनगढीमा एकीकृत समाजवादीका नेता–कार्यकर्तासंग पनि भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतको दाबी छ । हाल लेखराज भट्ट पनि धनगढी मै रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *