अमेरिकाले दियो नेपाललाई २ सय ३१ रनको विजयी लक्ष्य

काठमाडौं । विकेटकिप्पर ब्याट्सम्यान मोनान्क पटेलले शतक पूरा गरेपछि अमेरिकाले नेपाललाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमेराट क्रिकेट मैदानमा जारी खेलमा अमेरिकाले नेपाललाई जितको लागि २ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन जोडेको हो । अमेरिकाको लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका मोनान्क पटेलले शतक पूरा गरे । उनले १ सय १४ बलमा ९ चौका र १ छक्काको मद्दतमा १ सय रन जोडे । निसार्ग पटेलले ३९ बलमा २१ रन जोड्दा सुशान्त मोडानी र करिमा गोरेले समान १६/१६ रन जोडे ।

यस्तै स्टेभेन टेलरले १४,नोस्थुश केन्जिग्ने, सन्जय कृष्णमुर्ती र अभिषेक पराड्कारले १३/१३ रन जोड्दा जास्करन मल्होत्राले ११ र सौरभ नेत्रभाल्करले ६ रनको योगदान गरे ।

नेपालको लागि सन्दिप लामिछानेले १० ओभरमा २ मेडन राख्दै ३५ रन दिएर २ विकेट लिए । सुशान भारीले १० ओभरमा ३१ रन दिएर २ विकेट लिँदा विक्रम सोबलेपनि ६ ओभरमा ३३ रन दिएर २ विकेट लिए । कुशल मल्लले १० ओभरमा ४५ रन खर्चेर १ विकेट लिए । खेलको दोस्रो इनिङ्स केहिबेरमा शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *