प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेले आजपनि अवरोध गर्ने, रणनीति बनाउँन संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । पार्टीको आगामी भूमिकाबारे रणनीति बनाउन अहिले मध्यान्ह १२ बजे दलको बैठक बस्न लागेको हो ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार आज दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा सहभागिताको रणनीति बनाउँन बैठक केन्द्रित रहने छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । भदौ २३ गतेबाट सुरु भएको संसद अधिवेशनमा एमालेले निरन्तर अवरोध गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *