USAID

न्यूयोर्कमा आएको बाढीले एकै परिवारका तीन नेपालीको मृत्यु


न्यूयोर्क, भदौ १८ । अमेरिकाको न्यूयोर्कमा आएको बाढीमा परी एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ ।

आइडा नामक आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परि सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बस्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामाले ज्यान गुमाएका छन् । उनीहरु न्युयोर्कको उडसाइडस्थित एउटा घरको वेसमेन्टमा बस्दै आएका थिए ।

उनीहरु सुतेको समयमा घरभित्र बाढी पसेको जनाईएको छ । लामा परिवारको मृत्यु लगत्तै सुरक्षा निकायले बिहानै उनीहरुको शव व्यवस्थापन गरी छानवीन प्रक्रिया अगाडि बढाएको जनाइएको छ । मृतक लामाको परिवार विगत १४ वर्षदेखि न्युयोर्कमा बसोबास गदै आएको थियो ।

अमेरिकास्थित नेपाली दूताबासले भने यस विषयमा न्युयोर्क आधिकारीक जानकारी गराएको छैन । स्थानीय क्यूएनएस अनलाइनले पनि तीन नेपालीको मृत्यु भएको समाचार प्रकाशित गरेको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *