USAID

पूर्वसचिव रेग्मीको निधन

काठमाडौं । पूर्वसचिव श्रीकान्त रेग्मीको बिहीबार बिहान ७१ वर्षको उमेरमा निधन भएको छ । केही वर्षदेखि मिर्गौला र मधुमेह रोगबाट पीडित रेग्मीको बिहीबार बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।

लामो समयसम्म गृहसचिव रहेका उनी एक कुशल प्रशासकका रूपमा चिनिन्छन् । उनका प्रशासन सुधारसम्बन्धी थुप्रै लेख, रचना तथा अन्तर्वार्ताहरु प्रकाशन, प्रसारण भएका छन् । उनकी श्रीमती र दुई छोरा छन् । छोरा विदेशमा रहेकाले उनी स्वदेश फर्केपछि मात्रै अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *