USAID

सर्बियाको सहज जित

एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा सर्बियाले सहज जित निकालेको छ । गएराति भएको खेलमा सर्बियाले कतारलाई ४-० गोलले पराजित गरेको हो ।

सर्बियालाई जित दिलाउन लुका जोभिक, डुसान भ्लाहोभिक र निकोला मिलेन्कोभिकले एक/एक गोल गर्दा एक गोल उपहार पाएको हो । खेलको दोस्रो मिनेटमै बोउलेम खोउखीले गोल गर्दै सर्बियालाई शुरुवाती अग्रता दिलाएका थिए । १८ औं मिनेटमा जोभिकले गोल गर्दै सर्बियाको अग्रता दोब्बर बनाए ।

६० औं मिनेटमा भ्लाहोभिकले गोल गर्दै सर्बियालाई ३-० गोलको अग्रता दिलाएका थिए । ८५ औं मिनेटमा मिकेन्कोभिकले गोल गर्दै सर्बियालाई ४-० गोलको सहज जित दिलाए । यस्तै हिजै भएको अर्को मैत्रीपूर्ण खेलमा स्वीजरल्यान्डले ग्रीसलाई २-१ गोलले पराजित गरेको हो ।

स्वीजरल्यान्डलाई जित दिलाउन स्टेभेन जुबेर र रुबेन भार्गासले समान एक/एक गोल गरे । ग्रीसको लागि इभानगेलोस पाभ्लिडिसले एक गोल फर्काए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *