२५ वर्षकी दृष्टिबिहिनले जितिन् एक करोड

एजेन्सी। अमिताभ बच्चनले सञ्चालन गर्ने लोकप्रिय गेम (शो) ‘कौन बनेगा करोडपति’ को पहिलो करोडपति २५ वर्षीया हिमानी बुंदेला बनेकी छन्।

सोनी टिभीबाट प्रसारण हुँदै आएको ‘कौन बनेगी करोडपति’ मा हिमानी सिजन १३ को पहिलो करोडपति बनेकी हुन। भारतको आगराकी हिमानीको १५ वर्षीय उमेरमा एक दुर्घटनामा हुँदा आँखाको दृष्टि गुमेको थियो।

आर्थिक रुपमा सामान्य रहेको परिवारले हिमानीको आँखाका चारवटा शल्यक्रियाको खर्च उठायो तर उनको आँखाको ज्योति फर्किएन। भारतको केन्द्रीय विद्यालयमा शिक्षिकाको जागिर खाने उनले आफुले सपनामा पनि यो नसोचेको बताएकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *