USAID

साउल युरोपियन च्याम्पियन चेल्सीमा अनुबन्धित

एजेन्सी । एथ्लेटिको म्याड्रिडका मिडफिल्डर साउल निगुएज युरोपियन च्याम्पियन चेल्सीमा आबद्ध भएका छन् । साउललाई चेल्सीले ट्रान्सफर समयको अन्तिम दिन मंगलबार राति लोनमा एक सिजनको लागि भित्र्याएको हो ।

यस्तै चेल्सीले साउललाई लोनको रकम ५.८ मिलियन युरो तिरेपछि ३४ मिलियन युरोमा स्थायी रुपमा अनुबन्ध गर्न पाउनेपनि सम्झौतामा खुलाइएको छ ।

यसअघि स्पेनिस मिडफिल्डरको नाम म्यानचेस्टर युनाइटेड र लिभरपुलसँगपनि नाम जोडिएको थियो । २६ वर्षीय मिडफिल्डरले गत सिजन एथ्लेटिकोलाई ला लिगाको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । एथ्लेटिकोसँग साउलको सम्झौता २०२६ सम्म रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *