मलेसियाका प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार

मलेसियाका नवनियुक्त प्रधानमन्त्री इजमेल साब्री याकोबले मन्त्रिपरिषद् विस्तार गरेका छन् । टेलिभिजनबाट प्रसारण भएको मन्तव्यका क्रममा प्रधानमन्त्री याकोबले कोरोनाभाइरसको महामारीसहित जटिल अवस्थालाई प्रभावकारी व्यवस्थापन गर्न नयाँ मन्त्रीहरु सफल हुने विश्वास व्यक्त गरेका छन् ।

“मेरा नयाँ सहकर्मीहरुले उत्कृष्ट नतिजा दिने गरी काम गर्नुहुने छ भन्ने आशा गरेको छु, त्यसका लागि सवै मन्त्रीहरुले छोटो तथा लामो समयावधिका लागि कार्ययोजना पनि बनाउनुहुनेछ,” उनले भने ।

कार्ययोजना बनाएर काम गर्दा निर्धारित लक्ष्य पूरा गर्न सजिलो हुने प्रधानमन्त्री याकोबको भनाइ छ । उहाँले सुरुको १०० दिनका लागि पनि छुट्टै योजना बनाउन आग्रह गरे ।

मलेसियाका तत्कालीन प्रधानमन्त्री मुहिद्धिन यासीनले यही अगस्ट १६ मा राजीनामा दिएपछि नयाँ सरकार गठन भएको हो । उनलाई विगतमा समर्थन जनाएका केही सांसदले समर्थन फिर्ता लिएपछि उनले राजीनामा दिनुपरेको थियो ।

उनले राजीनामा दिएपछि राजाले प्रधानमन्त्रीका लागि दाबी पेस गर्न दलका नेताहरुलाई आह्वान गरेका थिए । त्यसपछि विभिन्न दलहरुको समर्थनमा इजमेल साब्री याकोबले दाबी पेस गरेका थिए । उनलाई राजाले केही दिन अगाडि प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *