आफ्नो उम्मेदवारी कसैलाई पराजित गर्न होइनः उपसभापति निधि

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औँ महाधिवेशनको तयारी स्वरुप सम्पर्क कार्यालय खोलेका छन् । सभापति पदमा उम्मेदवारी दिने निर्णयगरेसँगै उपसभापति निधिले शुक्रबार बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति निधिले आगामी निर्वाचनमा नेपाली काँग्रेसको रुख छापमा बहुमत ल्याउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताए । उनले आफ्नो उम्मेदवारी कसैलाई पराजित गर्न नभएको समेत बताए ।

उनले भने, ‘कसैलाई पराजित गराउन उम्मेदवारी दिएको होइन। रुख छाप राष्ट्रियता जगेर्ना गर्ने छाप भएकाले यही कुरा फैलाउन सभापतिमा उम्मेदवारी दिन तयारी गरेको हो।’

निधिले बीपीले दिएको अवसरले नै आफूले यो क्षमता पाएको भन्दै उनीप्रति विषेश सम्मान रहेको समेत बताए । निधिले क्रियाशील सदस्यता विवादमा जिल्ला सभापतिहरुले गरिरहेको अनसनप्रति समर्थन जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *