मोहना नदीमा आएको बाढीले स्काई फोल्डिङ पुल भत्कायो

कैलाली । कैलालीको सीमाना भएर बग्ने मोहना नदीमा आएको बाढी धनगढी–राजघाट जोड्ने स्काई फोल्डिङ पुल भत्काएको छ। रातभर पानीको बहाव अहिले पनि कम भएको छैन।

बाढीले पुलमा क्षती पुगेपछि धनगढीदेखि राजघाटन जाने बाटो आवागमन अवरुद्ध भएको छ। ‘पुलको निर्माण सम्पन्न नभए पनि माटो भरान गरेर सोही पुल भएर आवागमन हुने गरेको थियो । भरान गरिएको माटो बाढीले बगाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *