रोनाल्डो युभेन्टस छोड्दै म्यानचेस्टर सिटी जाने

एजेन्सी । पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टस छोड्दै म्यानचेस्टर फर्किने भएका छन् । पोर्चुगिज पत्रकार गोन्कालो लोपेसले रोनाल्डो इङ्लिस क्लब म्यानचेस्टर सिटी जाने पक्का भएको सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छ्न् ।

सन् २०१८ मा रियल म्याड्रिड छोड्दै युभेन्टस पुगेका रोनाल्डोको सम्झौतामा अझै एक वर्ष बाँकी रहेको छ । गत आइतबार भएको सिरी एको पहिलो खेलमापनि बेन्चबाट शुरुवात गरेपछि रोनाल्डोले युभेन्टस छोड्ने कुरा थप चुलिएको थियो । युभेन्टसका पदाधिकारीहरुले भने लगातर रोनाल्डो कम्तिमा एक वर्षको लागि क्लबमै बस्ने बताउदै आएका छन् ।

तर रोनाल्डोका एजेन्ट जोर्ज मेन्डेसले उनलाई प्रिमियर लिग क्लबमा फर्काउन पछिल्लो केही दिनदेखि निरन्तर लागिपरेका थिए । फरवार्डको खोजीमा रहेको म्यानचेस्टर सिटीलाई मेडेन्जले रोनाल्डो भित्र्याउन अफर गरेका थिए । पछिल्लो केही समयदेखि टोटेन्हामबाट ह्यारी केनलाई भित्र्याउन चाहेपनि असफल भएपछि म्यानचेस्टर सिटीले रोनाल्डोलाई अनुबन्ध गर्न चासो देखाएको हो ।

यसअघि सिटीले रोनाल्डोलाई दुई वर्षको लागि वार्षिक १५ मिलियन युरोमा अफर गरेको थियो । सन् २००३ देखि २००९ सम्म म्यानचेस्टर युनाइटेडमा बिताएका रोनाल्डोले २ सय ९२ खेल खेल १ सय १८ गोल गरेका थिए । हालसम्म रोनाल्डो आफैले युभेन्टससँग क्लब छोड्ने विषयमा कुरा भने गरेका छैनन् । म्यानचेस्टर सिटी बाहेक अन्य कुनै क्लबले रोनाल्डोलाई किन्न चासो देखाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *