ओलीले बोलाए केन्द्रीय कमिटी बैठक

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । पार्टी विभाजन भएपछि एमालेले पहिलोपटक केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

मध्यान्ह १२ बजे तुल्सीलाल प्रतिष्ठान भवनमा केन्द्रीय कमिटी बैठक बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताएका छन् । आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका विभिन्न विषयहरूमा छलफल हुनेछ ।

बैठकमा १० बुँदे सहमति कार्यान्वयन प्रस्ताव सम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदन, पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे, पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यलाई कारबाही प्रक्रियाबारे छलफल हुने जनाइएको छ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो अध्यक्षतामा नयाँ पार्टी नेकपा एकीकृत समाजवादी दर्ता गरेका छन्। निर्वाचन आयोगबाट उक्त पार्टी बुधबार दर्ता भई प्रमाण पत्र पाइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *