USAID

१४ सांसदलाई पदमुक्त गर्न माग गर्दै एमाले सांसदहरु सभामुखको कार्यकक्षमा


काठमाडौं । पार्टीले कारबाही गरेका १४ सांसदहरुलाई पदमुक्त गर्न माग गर्दै एमालेका सांसदहरु आज पनि सभामुखको कार्यकक्षमा पुगेका छन् । कारबाहीका लागि पत्र पठाएको एक साता भन्दा बढी समय भइसक्दा पनि सभामुखबाट कुनै प्रक्रिया अघि नबढाएको भन्दै एमाले सांसदहरु दबाब दिन सभामुखको कार्यकक्षमा पुगेका हुन् ।

एमाले सांसदहरु त्यहाँ पुगेपनि सभामुख अग्नि सापकोटा भने कार्यकक्षमा छैनन् । मंगलबार दाँतको माइनर सर्जरी गरेका उनी निवासमा आराम गरिरहेका छन् । सभामुखको कार्यकक्षमा रामबीर मानन्धर, खगराज अधिकारी, शान्ता चौधरी, सूर्य पाठकलगायत सांसदहरु पुगेका हुन् ।

माधव नेपालसहितका १४ सांसदहरुलाई कारबाही गरेको पत्र एमालेले संसद सचिवालयमा बुझाएको छ । तर अहिलेसम्म पनि सभामुखले कारबाहीको सूचना जारी नगरेको भन्दै एमाले नेताहरुले दबाब दिंदै आएका छन् । यसअघि पनि एमालेका सांसदहरु सभामुखको कार्यकक्षमा पुगेर दबाब दिएका थिए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *