USAID

गौरिकालाई कोरोना संक्रमण


काठमाडौं । पौडी खेलाडी गौरिका सिंहलाई कोरोना भाइरस संक्रमण भएको छ । ओलम्पियन गौरिकाले इन्स्टाग्राममार्फत आफूलाई कोभिड पोजेटिभ देखिएको जानकारी दिएकी हुन् ।

लन्डनमा बस्दै आएकी गौरिकाले भाइरस संक्रमित व्यक्तिको सम्पर्कमा आएपछि परीक्षण गरेको र नतिजा पोजेटिभ आएको बताएकी छिन् । उनले आफूमा कुनै लक्षण नभएको पनि उल्लेख गरेकी छिन् । गौरिकाले टोकियो ओलम्पिकमा सहभागिता जनाउनु अघि दुवै डोज खोप लगाएकी थिइन् । दश दिन आइसालेनसमा बस्ने बताउँदै गौरिकाले अनिवार्य मास्क लगाउन आग्रह गरेकी छिन् ।

गौरिकाले यसै महिना सम्पन्न टोकियो ओलम्पिकमा पौडीतर्फ नेपालको प्रतिनिधित्व गरेको थिइन् । एक सय मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गरेकी उनले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेकी थिइन् । १३ औं दक्षिण एशियाली खेलकुदमा कीर्तिमानी चार स्वर्ण जितेकी गौरिका उच्च शिक्षाका लागि अमेरिका जाने तयारीमा छिन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *