USAID

काठमाडौं उपत्यकामा भदौ १६ गतेसम्म निषेधाज्ञा थप, राति आठ बजेपछि सवारीसाधन चलाउन पाइने


काठमाडौं । काठमाडौं उपत्यकामा भदौ १६ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा थप गरिएपनि उपत्यकाभित्र बेलुकी ८ बजेपछि निजी तथा सार्वजनिक सवारी साधन चलाउन भने पाइने भएको छ । यसअघि बेलुकी सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । त्यस्तै तालिम सञ्चालन गर्नुपरे भौतिक रूपमा २५ जनासम्म उपस्थित भएर सञ्चालन गर्न दिइने निर्णय भएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *