रोनाल्डोको गोलले मान्यता पाएन

काठमाडौं । स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले खेलको अन्तिम मिनेटमा गरेको गोलले मान्यता नपाएसँगै युभेन्ट्सको इटालियन सिरी ‘ए’ मा सुखद सुरुआत गर्ने लक्ष्यले आइतबार पूर्णता पाउन सकेन। इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार भएको खेलमा युभेन्ट्स युडिनेसीसँग २–२ को बराबरीमा रोकिएको हो।

प्रशिक्षक मासिमिलियानो एलेग्रीले रोनाल्डोलाई सुरुआती ११ मा स्थान दिएका थिएनन्। पछिल्लो केही दिन यता रोनाल्डो रियाल मड्रिड फर्कन लागेको खबर सार्वजनिक भइरहे पनि स्वयम् रोनाल्डो र एलेग्रीले तथ्यहीन खबरको पछि नलाग्न आग्रह गरेका थिए। एलेग्रीले रोनाल्डोलाई समावेश गर्दै आफूले टोली रणनीति तयार पारेकाले भ्रममा नपर्नसमेत आग्रह गरेका थिए।

‘क्रिस्टियानो रोनाल्डो टोलीका सधैं प्रमुख खेलाडी हुन्। आज सिजनको पहिलो खेल थियो। त्यसैले मैले रोनाल्डोलाई सुरुआती ११ मा समावेश नगरेको हुँ,’ एलेग्रीले भने, ‘उनी वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरे। उनकै गोलमा टोली स्पष्ट ३ अंकका साथ सुखद सुरुआतको संघारमा पुगे पनि हामी त्यसमा सफल भने हुन सकेनौं।’

पहिलो हाफमा पाउलो डिबाला र हुवाँ क्वाडार्डोको समान एक गोलमा युभेन्ट्सले पहिलो हाफमै २–० को अग्रता लिएको थियो। तेस्रो मिनेटमा डिबालाको गोलमा अग्रता लिएको युभेन्ट्सको अग्रता २३औ मिनेटमा क्वाडार्डोले दोब्बर पारेका थिए।

तर दोस्रो हाफमा गोलकिपर वाइजे स्चिन्सेको दुई गम्भीर गल्तीमा युडिनेसी खेलमा फर्किएको थियो। ५१औं मिनेटमा रोबेर्टो पिइरेराले गरेको पेनाल्टीको सदुपयोग गर्दैै युडिनेसीलाई खेलमा फर्काउने संकेत गरेका थिए। स्चिन्सेले तोलगे आर्सलानलाई लडाएपछि युडिनेसीले खेलमा पेनाल्टीको अवसर प्राप्त गरेको थियो।

८३औँ मिनेटमा जेरार्ड डेउलुफुले स्चिन्सेकै गल्तीको फाइदा उठाउँदै युडिनेसीलाई खेलका फर्काएका थिए। इन्जुरी समयको चौथो मिनेटमा रोनाल्डोले हेडर गोलमार्फत युभेन्ट्सलाई अग्रता दिलाउँदै स्पष्ट ३ अंकको संघारमा पुर्‍याएका थिए। तर भिडियो सहायक रेफ्री ९भिएआर०ले अफसाइड भन्दै सो गोलले मान्यता पाएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *