काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान प्रस्थान गर्दैछ । आईसीसी विश्वकप लिग- २ अन्तर्गत हुने त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनीसँग हुने दुई एक दिवसीय खेलको लागि नेपाली टोली आज ओमान प्रस्थान गर्न लागेको हो ।
नेपाली टोली मंगलबार(आज) बिहान ८ बजे ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ । नेपालले ओमानमा घरेलु टोली ओमान र अमेरिकाबिच हुने त्रिकोणात्मक सिरिज खेल्नेछ । सिरिज भदौ २८ देखि असोज ४ गते सम्म हुनेछ । यसअघि घरेलु मैदानमा भएको सिरिजमा नेपालले अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो भने ओमानसँग दुवै खेलमा पराजित भएको थियो ।
त्रिकोणात्मक सिरिज अगाडि नेपालले पपुवा न्युगिनीसँग २ एक दिवसीय खेल खेल्ने क्यानले जनाएको छ । खेल भदौ २० र २३ गते ओमनमै हुनेछ ।
ओमान भ्रमण गर्ने नेपाली टोली :- ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, गुल्शन झा, कुशल मल्ल, विनोेद भण्डारी (विकेटकिपर), शरद भेषवाकर, विक्रम सोब, पवन सरार्फ, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, आसिफ शेख, करण केसी, सोमपाल कामी, अविनाश बोहरा र सुशन भारी
