दश बुँदे सहमति कार्यान्वयन गर्न ओली सहमत, मंगलबार स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे कार्यान्वयन गर्न सैद्धान्तिक सहमति जनाएका छन् । माधवकुमार नेपाललाई साथ नदिएका नेकपा एमालेका दोस्रो पुस्ताका नेताहरुसँगको वार्तामा यस्तो सहमति भएको हो ।

दोस्रो पुस्ताका नेताहरुको अध्यक्ष ओलीसँग सोमबार बालकोटमा वार्ता गरेका थिए । नेता सुरेन्द्र पाण्डेले वार्तामा १० बुँदे स्वीकार पहिला नै भइसकेकाले भोलि स्थायी कमिटी बसेर कार्यान्वयनमा लैजाने सहमति भएको जानकारी दिए ।

त्यसक्रममा दोस्रो पुस्ताका नेताहरुले ओलीले आफ्ना मागहरु सम्बोधन गरे एमालेमै रहने बताएका थिए । यस्तै, एमाले प्रवक्ता प्रदीप ज्ञवालीले वार्ता सकारात्मक भएको जानकारी दिए ।उनले १० जना नेताहरु भोलिको बैठकमा सहभागी हुने बताए ।

उनले भने, ‘यसअघि विभिन्न कारणले बैठकमा सहभागी नभएका कमरेडहरुले १० बुँदे प्रस्तावलाई कार्यावन गर्ने कुरामा जोड दिनुभयो । छलफल सकारात्मक छ र पार्टीका समस्या समाधान हुनेछन् ।’ वार्ताका क्रममा अध्यक्ष ओलीले माधवकुमार नेपालको पार्टीमा नजान आग्रह गरेका बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *