आगामी तीन दिन भारी बर्षाको सम्भावना

काठमाडौं। बिहीबारदेखि सक्रिय भएको नेपालको मनसुनी सक्रियता अझै केही दिन कायम रहने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक ढलपल नगरी रहेकाले नेपालको पूर्वदेखि सुदूरपश्चिमसम्म नै मनसुनको सक्रियता एकनासको रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी सक्रियताले अबको केही दिन देशका धेरै स्थानमा भारी वर्षा हुनेछ । तीन दिनभन्दा बढी समय नै नेपालका अधिकांश भूभागमा भारी वर्षा हुने आकलन गरिएको छ । हाल प्रदेश १, २ लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा पूर्ण बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।

आइतबार, सोमबार र मङ्गलबारसम्म नै धेरै स्थानमा हल्का, मध्यम र भारी वर्षाको सम्भावना छ । निरन्तरको वर्षाले देशका मुख्य नदीहरू कोसी, कर्णाली र तिनका सहायक नदीहरूको बहाव बढ्नुका साथै खहरे खोलामा आकस्मिक बाढी आउने सम्भावना औँल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *