यी क्षेत्रमा छ आज ठूलो वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर सामान्य बदली भइ थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी न्युन चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकोले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति देशभर सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १ , प्रदेश २, बाग्मती र गण्डकी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एकरदुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित ठूलो वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *