सानिमा लाइफ इन्स्यारेन्सको आइपीओ खुल्यो

काठमाडौं । सानिमा लाइफ इन्स्यारेन्सले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले आजदेखि ६० लाख कित्ता आईपीओका लागि आवेदन खुला गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी दुई अर्बको ३० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबर प्रति सेयर एक सयका दरले आईपीओ निष्काशन गर्न लागेको हो ।

६० लाख कित्ता मध्ये ३ लाख कित्ता अर्थात् कुल निष्कासनको ५ प्रतिशत सेयर कर्मचारीलाई, ५ प्रतिशत नै सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको र बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणमा निष्कासन हुनेछ ।

सानिमाको लाइफको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । आईपीओका लागि साउन २४ गतेसम्म आवेदन दिन पाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *