सुरक्षा कारबाहीमा अफगानिस्तानमा ४१ तालिबान लडाकूको मृत्यु

अफगानिस्तानको पश्चिमी भागमा रहेको हेरात शहरमा सुरक्षाबल र तालिबान लडाकूबीच भएको दोहोरो भीडन्तमा परी ४१ जना तालिबान लडाकू मारिएका छन् ।

त्यसैगरी भीडन्तका क्रममा अन्य ३२ जना लडाकू घाइते भएका गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । सुरक्षाबल र तालिबान लडाकूबीच छ दिनसम्म जारी रहेको झडपपछि सुरक्षाबलले हेरात प्रान्तको प्रान्तीय राजधानी हेरात शहरको छिमेकमा रहेका कैयौं  शहर पुनःकब्जामा लिएका छन् ।

सुरक्षाबलले तालिबान लडाकूबाट दुईवटा पुल पुनःनियन्त्रण लिएको मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । गत बिहीबारबाट तालिबान लडाकूले हेरात शहरको दक्षिणी र पूर्वीभागबाट आक्रमण शुरू गरेर पूरै शहर कब्जा गर्न खोजिरहेका थिए ।

अफगानिस्तानमा गत मे महिनादेखि तालिबान लडाकूले सरकार विरोधी लडाईलाई तीव्र बनाएको छ र तालिबान लडाकूले हालसालै प्रमुख शहर नियन्त्रणको लागि दबाब बढाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *