USAID

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तयारी भईरहेको छ ।

सो बैठकमा माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने बताइएको छ । माओवादी केन्द्रबाट हाल जनार्दन शर्मा अर्थ मन्त्री छन् भने पम्फा भुसालले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा माओवादीले नौ मन्त्रालय पाउने भएको छ ।

CivActsAd

Leave a Reply

Your email address will not be published.