लिललाई सुपर कपको उपाधि

प्रज्जवल थापा 

काठमाडौं । पेरिस सेन्ट जर्मन (पिएसजी)लाई हराउँदै लिलले फ्रेन्स सुपर कपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा लिलले पिएसजीलाई १–० गोलले पराजित गरेको हो ।

इज्रायलमा भएको खेलमा लिललाई उपाधि दिलाउन सेकाले एक गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा बुराक इल्माजको पासमा सेकाले गोल गर्दै लिललाई शुरुवाती अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल लिलले १० गोलले आफ्नो पक्षमा पार्यो । खेलमा पकड जमाएपनि पिएसजीले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्न पुग्यो ।

यससँगै लिलले पिएसजीको ८ वर्षको प्रभुत्वलाई चिर्दै पहिलो पटक सुपरकपको उपाधि जितेको छ । लिग वान च्याम्पियन लिलले अगस्ट ८ बाट मेट्जसँग खेल्दै उपाधि रक्षाको शुरुवात गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *