USAID

ए डिभिजन लिग कार्तिक २९ बाट, विजेताले ७५ लाख पाउने

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग कार्तिक २९ गतेबाट शुरु हुने भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार बसेको एन्फा समिति र ए डिभिजन क्लबबिचको बैठकले लिग कार्तिकको अन्तिम साताको लागि सार्ने निर्णय गरेको हो ।

यसअघि अखिल नेपाल फूटबल संघ(एन्फा)ले लिग असोज ३ गतेबाट सञ्चाल गर्ने जनाएको थियो । यस पटकको लिग विजेताले ७५ लाख रुपैयाँ पाउने भएको छ । गत संस्करणको लिग विजेताले ५० लाख पाएको थियो । यस्तै उपविजेताले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख नगद पुरस्कार पाउने एन्फाले जनाएको छ ।

एन्फाले लिगमा सहभागि टोलीलाई तयारीको लागि २० लाख रुपैयाँ प्रदान गर्नेपनि बताएको छ । लिग सिंगल राउन्ड रोबिनको आधारमा हुनेछ । लिगको पुछारको दुई स्थानमा रहने टोली ’बी’ डिभिजनमा घटुवा हुनेछन् । लिगको लागि क्लबहरुले खेलाडीलाई भित्राउन थालिसकेका छन् ।

CivActsAd

Leave a Reply

Your email address will not be published.