शानदार जितसँगै मेक्सिको सेमिफाइनलमा

प्रज्जवल थापा । मेक्सिको यु–२३ टोकियो ओलम्पिक–२०२० अन्तर्गत पुरुष फूटबलको सेमिफाइनलमा पुगेको छ । शनिबार भएको रोमाञ्चक क्वाटरफाइनल खेलमा दक्षिण कोरिया यु–२३ माथि ६–३ गोलको शानदार जित निकाल्दै मेक्सिकोले सेमिफाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको हो ।

मेक्सिकोलाई जित दिलाउन हेन्री मार्टिनले र फ्रान्सिस्को कोर्डोभाले दुई/दुई गोल गर्दा लुइस रोमो र एडुआर्डो अगुइरेले एक÷एक गोल थपे । दक्षिण कोरियाको लागि डोङ–केयोङ लीले दुई गोल र उइ–जो ह्वाङले एक गोल गरे । पहिलो हाफको १६ औं मिनेटमा रोमोको पासमा मार्टिनले गोल गर्दै मेक्सिकोलाई शुरुवाती अग्रता दिलाएका थिए ।

२० औं मिनेटमा किमको पासमा केयोङ लीले गोल गर्दै कोरियालाई बराबरीमा ल्याए । ३० औं मिनेटमा भेगाको पासमा रोमोले गोल गर्दै मेक्सिकोलाई फेरि खेलमा अगाडि बढाए ।

३९ औं मिनेटमा कोर्डोभाले गोल गरेपछि मेक्सिकोले पहिलो हाफमा ३–१ गोलको अग्रता लिएको थियो । ५१ औं मिनेटमा किमकै पासमा केयोङ लीले गोल गर्दै कोरियालाई ३–२ गोलको स्थितिमा ल्याए ।

५४ औं मिनेटमा कोर्डोभाको पासमा मार्टिनले व्यक्तिगत दोस्रो गोल गर्दै मेक्सिकोलाई ४–२ गोलको अवस्थामा ल्याए । ६३ औं मिनेटमा कोर्डोभाले व्यक्तिगत दोस्रो गोल गर्दै मेक्सिकोलाई सहज जिततर्फ अगाडि बढाएका थिए । ८४ औं मिनेटमा लाइनेजको पासमा अगुइरेले गोल गर्दा मेक्सिकोले खेलमा ६–२ गोलको अग्रता लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *