कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख आठ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४२ लाख आट हजार ५५५ जनाको मृत्यु भएको छ ।
विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड ७३ लाख ६८ हजार ३१० जना रहेका छन । विश्वभर चार अर्ब चार करोड ९३ लाख १२ हजार २१२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।