प्रेमीसँग मिलेर श्रीमानको हत्या, ‘क्राइम पेट्रोल’बाट सिकेर शव व्यवस्थापन

नयाँ दिल्ली, साउन १४ । प्रेमीसँग मिलेर एक महिलाले आफ्नै श्रीमानको हत्या गरेके खुलासा भएको छ। भारतको गत ६ अगस्टमा महिलाले आफ्नो श्रीमानको हत्या गरी प्ररीकोमा आफैँ गएर श्रीमान हराएको उजुरी दिइन्।

उक्त मुद्दा अदालतसम्म पुग्यो। प्रहरीले विशेष सूचनाबाट ११ महिनाबाट गायब भइरहेका पुरुषको पहिले नै हत्या भएको पत्ता लगायो।

अनुसन्धानका क्रममा उनको शव गाडिएको भन्ने खुलेपछि प्रहरीले शव खोजेका थिए। ११ महिनाअघि नै गाडिएको शवको माथि महिलाले रुख रोपेकी थिइन्। प्रहरीले शव निकाल्न जाँदा त्यो बिरुवा रुख भइसकेको थियो।

प्रहरीले आरोपित महिलालाई पक्राउ गरेको छ। अनुसन्धानका क्रममा उनले प्रेमी र साथिहरुसँग मिलेर हत्या गरेको बताएकी छिन्। सार्थै उनले शव व्यवस्थापनका लागि टिभी सिरियल क्राइम पेट्रोलबाट आइडिया लिएको बताएकी छिन्। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *