गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुधबार मुसीकोट नगरपालिका ४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा गरी घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिएका छन् ।

मृतकको सनाखत हुन सकेको छैन । जीप गुल्मीको शान्तिपुरबाट तम्घास आउँदै गरेको थियो । अहिले उद्दारका लागि प्रहरी टोली खटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *