बालुवाटारमा जारी पाँच दलिय गठबन्धनको बैठकमा को–को छन् सहभागी?

काठमाडौं, साउन ११ । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक जारी रहेको छ । विहान ९ः४० देखि सुरु भएको बैठकमा क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदनमा अध्ययन र छलफल भईरहेको छ । बैठकमा अन्य दलबाट आएकाहरुको छानविनको विषयमा समेत आवाज उठेको छ ।

काँग्रेसको १२ साउनमा हुने भनिएको वडा अधिवेशन रोकिएको छ । यसलाई कहिले गर्ने भन्नेबारे पनि टुंगो लगाउन समेत प्रयास जारी रहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी पाँच दलिय गठबन्धनको बैठकमा कांग्रेस सभापती प्रधानमन्त्री देउवा सहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्ण प्रसाद सिटौला ,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , प्रबक्ता नारायण काजी श्रेष्ठ ,जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा बाबुराम भट्टराई ,अशोक कुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी,उपाध्यक्ष दुर्गा पौडेल, एमाले माधव कुमार नेपाल समूहबाट डा विजय पौडेल सहभागी रहेको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *