जनतालाई अनुभूति हुने गरी काम गर्छु

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप जसरी भए पनि जनतालाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उनले भने “जनतालाई अनुभूति हुने गरी काम गर्न चाहन्छु, वाचा पूरा गरेरै छोड्छु, जनतालाई खोप जसरी पनि पु¥याउँछौँं ।”

प्रतिनिधि सभामा आफूलाई बहुमत सांसदले समर्थन गरेकामा सबैलाई धन्यवाद दिदैं प्रधानमन्त्री देउवाले भने– ‘‘सबैले सहयोग गर्नुभएको छ, सबैलाई धन्यवाद दिन चाहन्छु, सुझावहरूलाई ग्रहण गर्दछौँ र अनुभवी साथीहरूबाट सहयोग लिएर काम गर्छु ।’’

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकको प्रारम्भमा प्रमुख प्रतिपक्ष दलसहित विभिन्न दलका नेताहरूले प्रधानमन्त्री निर्वाचित भएकोमा देउवालाई बधाई ज्ञापन गरे।

त्यसपछि सदनलाई सङ्क्षिप्त सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि आह्वान भएअनुसार नै आफूले बहुमत सदस्यसहितको दाबी गरेको तर संविधानको व्यवस्थाअनुसार पहिलो पटक राष्ट्रपतिबाट नियुक्ति हुन नसकेको चर्चा गरे । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *