मानाजको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

प्रज्जवल थापा । रेज मानाजले ह्याट्रिक गरेपछि बार्सिलोनाले मैत्रीपूर्ण खेलमा शानदार जित निकालेको छ । गएराति भएको खेलमा १० खेलाडीमा समेटिएको जिम्नास्टिकलाई ४-० गोलले हराउँदै बार्सिलोनाले प्रि-सिजनको सुखद शुरुवार गरेको हो ।

बार्सिलोनाको लागि रेज मानाजले ह्याट्रिक पूरा गर्दा एलेक्स कोल्लाडोले एक गोल थपे । पहिलो हाफको ३८ औं मिनेटमा एलेक्स क्विइन्टानिल्ला रातो कार्ड खाँदै मैदान बाहिरिएपछि जिम्नास्टिक १० खेलाडीमा समेटिएको थियो । खेलमा लगातार आक्रमण गरेपनि बार्सिलोनाले गोलको लागि ६० औं मिनेटसम्म कुर्नुपरेको थियो ।

६० औं मिनेटमा मानाजले गोल गर्दै बार्सिलोनाको लागि खाता खोलेका थिए । ८५ औं मिनेटमा कोल्लाडोले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । त्यसको एक मिनेट बित्न नपाउँदै मानाजले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना खेलमा ३-० गोलले अगाडि बढेको थियो । यस्तै खेलको अन्तिम मिनेट मानाजले पेनाल्टीमा गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरेर बार्सिलोनालाई ४-० गोलको शानदार जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *