USAID

आज खोप लिन वायुसेवा निगमको जहाज चीन जाँदै


काठमाडौं । चीनबाट खरिद प्रक्रियाअन्तर्गत थप खोप लिन आज वायु सेवा निगमको जहाज चीन जाने तयारी रहेको छ। स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका अनुसार दोस्रो चरणमा पनि ८ लाख डोज नै खोप लिइनेछ। जहाजको क्षमता र नेपालमा खोप कार्यक्रम सञ्चालन गर्ने क्षमता अनुसार पुन ८ लाख खोप लिन लागेको आपूर्ति महाशाखाका प्रशासन प्रमुख उपेन्द्र ढुंगानाले बताए।

यही साताभित्रै थप ८ लाख डोज लिन जहाज चीन जाने महाशाखाको भनाइ छ। दुईपटक गरी यही साताभित्र थप १६ लाख खोप नेपाल आइपुग्ने प्रमुख ढुंगानाको भनाइ छ। चीनबाट आएका खोपहरू अहिले अभियान सञ्चालन हुन नसकेको प्रदेशहरू प्रदेश एक, सुदूरपश्चिम प्रदेश र कर्णालीमा पठाइनेछ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *