USAID

माधव नेपाललाई मन परेको अमिताभ बच्चनको त्यो गीत


काठमाडौं। साधारण टिसर्ट र पाइजामा थिए पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपाल । कोटेश्वरस्थित निवासमा उनले दिएकै समयमै पुग्दा हामीलाई आधा घन्टा कुर्नुपर्ने सूचना दियो उनको सचिवालयले । हामीलाई दिएको समयमा नेता नेपाल एमालेकै अर्का एक जना वरिष्ठ नेतासँग कुरा गर्दै थिए । ‘ओली साह्रै बद्मास रहेछन्, तिनको कहिल्यै भर नगर्नू रु’ हिँड्ने बेलामा ती नेताले हामीले सुन्ने गरी नेपाललाई सुझाव दिएर गए ।

केही समयपछि हामी वरिष्ठ नेता नेपालको कुरा सुन्न थाल्यौं । पछिल्ला राजनीतिक घटनाक्रमबारे थोरै बेलिविस्तार लाउँदै थिए उनी, अर्का नेताको फोन आयो । मोबाइलको कभर पल्टाउँदै नम्बर हेरे र भनें ‘एकछिन है ।’ हाम्रै अगाडि वरिष्ठ नेता नेपालले उनीसँग कुरा गरे, कुराकानीको सन्दर्भ पार्टी एकताकै बारेमा थियो ।

‘मिलाउनुस् न त तपार्इंहरू । केपी ओलीसँग कुरा गरेर मात्रै मलाई फोन गर्नू,’ फोन राखिसकेपछि मुसुक्क हाँस्दै वरिष्ठ नेता नेपालले फोन गर्ने मान्छेका बारेमा जानकारी दिए । उनी ओली समूहका खाँटी मान्छे थिए ।

कुराकानीकै क्रममा उनले युट्युबमा क्लिक गर्दै हामीलाई गीत सुनाए । ‘म तपाईंहरूलाई दुई लाइन मात्रै सुनाउँछु, मन प¥यो भने पछि सुन्नुहोला,’ उनले हामीसँग भने । गीत थियो अमिताभ बच्चनको स्वरमा रेकर्ड भएको रवीन्द्रनाथ टेगोरको ‘ज्योदी तोर डाक सुने क्यु, ना आसे । अगला चलो, एक्ला चलो ।’

त्यसो त नेता नेपाल फिल्मका पनि पारखी हुन् । रौतहटबाट साइकलको पाइडल घुमाउँदै भारतीय सहरमा फिल्म हेर्न गएको स्मरण उनलाई अहिले पनि ताजै छ ।

‘बंगाली यो गीत म बेलाबेलामा सुन्छु । ३०-३२ सालतिर निकै सुन्थ्यौं हामी यो गीत,’ उनले भने । ३० को दशकमा पञ्चायतविरोधी आन्दोलन सुरु गर्दा क्रान्तिकारी भाव जगाउने नेपाली गीतहरू थोरै थिए । ‘बंगाल र कम्युनिस्टको विशेष खालको सम्बन्ध थियो, त्यसकारण हामीहरू यही गीत बजाउँथ्यौं,’ नेता नेपालले भने, ‘त्यसपछि भने जेबी टुहुरे, रामेश, रायनहरूको गीत आउन थाल्यो । कम्युनिस्टका कार्यक्रममा ती गीतहरू बज्न थाले ।’

त्यसो त नेता नेपाल फिल्मका पनि पारखी हुन् । रौतहटबाट साइकलको पाइडल घुमाउँदै भारतीय सहरमा फिल्म हेर्न गएको स्मरण उनलाई अहिले पनि ताजै छ ।

नेता नेपाललाई मन परेको यो गीत सन् १९०५ मा रवीन्द्रनाथ टेगोरले लेखेका थिए । यसको शीर्षक थियो ‘एका’ । सोही वर्ष एउटा बंगाली म्यागजिनमा प्रकाशित भयो यो गीत । यही गीतपछि बंगाली कीर्तनका रूपमा गाइयो । गीत अत्यधिक लोकप्रिय भयो । यो गीतलाई गीतभन्दा पनि समाज परिवर्तनको एउटा गर्विलो आवाजका रूपमा बुझ्यो भारतीय समाजले । भारतमा लेखिएकामध्ये समाज परिवर्तनका लागि लेखिएको २२औं गीतमा पर्छ यो । अहिंसावादी नेता महात्मा गान्धीलाई अत्यधिक मन परेको यो गीत पछि हिन्दी फिल्म ‘कहानी’मा राखिएको थियो । जसमा अमिताभ बच्चनको स्वर रहेको छ ।

नेता नेपाललाई यो गीत अहिले झन् धेरै मन पर्नुको कारण हो, एमाले पार्टीभित्र देखिएको पछिल्लो गतिविधि । धेरैले लख काटेका छन् एमाले पार्टी विभाजन भइसक्यो, घोषणा हुन मात्रै बाँकी छ । राजधानी दैनिकबाट


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *