विलियम्सको गोलमा एथ्लेटिक क्लब विजयी

प्रज्जवल थापा । मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब एथ्लेटिक क्लबले जित हात पारेको छ । मंगलबार भएको खेलमा एथ्लेटिकले युक्रेनी क्लब ड्यानामो किभलाई १-० गोलले हराएको हो ।

स्टेडियोन स्चुट्जेइन्विएसेमा भएको खेलमा एथ्लेटिकलाई जित दिलाउन इकानी विलियम्सले एक गोल गरे । दोस्रो हाफको ७७ औं मिनेटमा विलियम्सले गरेको गोल नै टोलीलाई जित दिलाउन पर्याप्त रह्यो ।

यसअघि भएको मैत्रीपूर्ण खेलमा एथ्लेटिको गाल्लेनसँग २-१ गोलले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *